कोरोना भाइरस दाङमा थप दुई जनामा संक्रमण पुष्टि



Coronavirus case in delhi | Coronavirus reaches national capital ...
दाङ, जेठ १५ । दाङमा आज बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा गढवा गाउँपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर १ का २८ वर्षीय पुरुष र वडा नम्बर २ का ४१ वर्षीय पुरुषमा रहेका छन्। उनीहरु भारतबाट कपिलबस्तुको कृष्णनगर हुदै दाङ आएका थिए ।
जेष्ठ १३ गते ३७ जना महिला पुरुषको पीसीआर परीक्षणकालागि प्रतिष्ठानमा पठाईएको थियो । ति मध्ये दुई जनामा कोरोना पुष्टि भएको हो । ति मानिशहरुकृष्णनगरबाट सिधै गढ़वाको क्वारेन्टिमा आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

यस्तै आज प्रतिष्ठानमा गरिएको परिक्षणमा कपिल्वस्तु जिल्लाका ९ जनामा कोरोना पुष्टि भएको छ । कपिल्वस्तु जिल्लका विजयनगर गाउँपालिका वडा नम्बर ७ का ६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु १७ देखि ५२ वर्षसम्मका रहेका छन् । त्यस्तै सोही गाउँपालिका वडा नम्बर ५ मा १ जना र ३ का २ जनामा कोरोना पुष्टि भएको कायममुकायम रजिष्टार देवले जानकारी दिनुभयो । योसहित प्रतिष्ठानमा गरिएको परिक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म २ हजार १४६ जनाको परिक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ भने ३७० जनाको परिक्षणको प्रकृयामा रहेको छ । २ हजार ७५ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ ।

SHARE THIS