दाङमा अन्य पसल पनि आलोपालो खुल्ने निर्णय

शरद रेग्मी
दाङ १४ जेठ । लगातार दुइमहिनादेखिको लकडाउनका कारण बन्द भएका तुलसीपुर
क्षेत्रका अन्य केहि पशलहरु पनि खुल्ने भएका छन् ।
तुलसीपुर उद्योग वाणिज्यसंघको बुधवार बसेको बैठकले सातामा दुइदिन फेन्सी,
कस्मेटिक्स, प्लाष्टिक तथा भाडा पशल, जुत्ताचप्पल पशल तथा कपडा पशल समेत
खोल्ने निर्णय गरेको छ । हरेक साता आइतवार र विहिवार यी पशलहरु खुल्ने
छन् ।
अन्य पशलहरु खुल्ने दिन दैनिक उपभोग्य सामाग्रि खाद्धान्न र किराना पशल
भने बन्द रहने पनि उद्योग वाणिज्यसंघले निर्णय गरेको हो । संघका अध्यक्ष
वीर वहादुर रावत९विरु०को अध्यक्षतामा बसेको बैठकले हार्डवेयर पशल खोल्ने
सम्वन्धमा भने यसअघिकै निर्णयलाइ निरन्तरता दिने निर्णय गरेको हो ।
हार्डवेयर व्यवसायीहरुले पशल नखोलेरै गोदामबाट आवस्यक निर्माण
सामाग्रिहरु यस अघि जिल्ला प्रशासन कार्यालयले तोकेको दिन र समयमा
विक्रिवितरण गर्न सक्ने छन् ।
लामो समयसम्मको लकडाउनका कारण अन्य व्यवसायीहरु समेत आर्थिक मारमा परेको
व्यापक गुनासो पछि उद्योग वाणिज्यसंघले स्थानिय पालिका, स्थानिय इलाका
प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी
कार्यालयसंगको समेत समन्वयमा अन्य पशलहरु पनि खोल्ने निर्णय गरेको हो ।
यसकालागी उद्योग वाणिज्य महासंघसंग समेत परामर्श लिइएको संघले जनाएको छ ।
लकडाउनलाइ पालनागर्दै सामाजिक दुरी कायम राखी तोकिएको वारमा पशलहरु
आलोपालो खोल्ने निर्णय भएको हो’—बैठकपछि संघका अध्यक्ष वीर वहादुर रावतले
भने । व्यवसायीहरुले ग्रहकहरुसंग कारोवारगर्दा अनिवार्य रुपमा सामाजिक
दुरी कायम गर्नुपर्ने पनि उद्योग वाणिज्य संघले जनाएको छ । ‘सामाजिक दुरी
कायम गरेनगरेको सन्दर्भमा उद्योग वाणिज्य संघले नियमित अनुगमन गर्ने छ,
यसकालागी सचेत हुन आम उद्योगी व्यवसायीहरुलाइ हार्दिकतापुर्वक अनुरोध
गर्दछौ’—बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ  ।
त्यसैगरी दाङ उद्योग वाणिज्यसंंघले पनि स्थानिय प्रहरी र जिल्ला प्रशासन
कार्यालयसंग दैनिक अत्वावस्यक उपभोग्य सामाग्रिहरुका पशलहरु वाहेक अन्य
पशलहरु समेत आलोपालो सन्चालन गर्ने सन्दर्भमा छलफल सुरु गरेको दाङ उद्योग
वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले बताएका छन् । लमही उद्योग वाणिज्य
संघले पनि जिल्ला उद्योग वाणिज्यसंघ, तुलसीपुर उद्योग वाणिज्यसंघसंगकै
सहकार्य र स्थानिय पालिका र प्रशासनसंगको समन्वयमा आइतवार र विहिवार अन्य
पशलहरु समेत सन्चालन गर्ने तयारी गरेको संघका अध्यक्ष रत्न प्रसाद
श्रेष्ठले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यो विषयमा
तीन वटै उद्योग वाणिज्यसंघहरुसंग समन्वय भैरहेको बताउंदै बुधवारसाझ सम्म
निर्णय लिइने बताएका छन् ।

SHARE THIS