थबाङमा भारतबाट आएका थप ७ जनालाई क्वारेन्टाइनमा राखियो




बिमल राज डाँगी रोल्पा, जेठ १३ २०७७ 
रोल्पाको थबाङ गाउँपालिका वडा नं २ ले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेको छ । भारतमा मजदुरी गर्न गएका थबाङ गा।पा वडा नं २ घर भएका २ जना पुरुष र ५ जना महिलालाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष बसन्त रोका मगरले जानकारी दिनुभयो।

जेठ १० गते थबाङ गाउपालिकाको विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरे अनुसार भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुलाई राख्नको लागी प्रत्येक वडामा ३५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार वडा नं २ ले छेर्लोबाङमा क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्ष मगरले बताउनुभयो ।
ती ७ जना भारतबाट दाङसम्म आएको र पछि वडाको सम्वन्यमा लगिएको उहाँले जानाउनुभयो । साथै उहाँले वडामा अझै भारत लगाएतका मुलुकहरुबाट आउनेको संख्या बढ्ने बताउनुभयो । अहिले थबाङ गाउँपालिका भर ३६ जना महिला र २१ जना पुुरुष गरी ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।


SHARE THIS