नेकपाको सचिवालय वैठक आज बस्दै, एमसिसीबारे छलफल गर्ने


Prasta Khabar-नेकपाले बोलायो स्थायी कमिटी ...
काठमाडौं, जेष्ठ १७
एमसिसीबारे छलफल गर्न आज नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय वैठक बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय वैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले  बताए।
आजको वैठकमा एमसिसी कार्यदलले बनाएको रिपोर्टबारे छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी छ।
गत माघमा नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो।

कार्यदलमा स्थायी समिति सदस्य एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र अर्का स्थायी समिति सदस्य भीम रावल सदस्य छन्।
सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।

SHARE THIS