दैलेखमा थपिए ८ संक्रमित, कर्णालीमा संक्रमित संख्या ४६ पुग्यो

Coronavirus case in delhi | Coronavirus reaches national capital ...

सुर्खेत, जेष्ठ १५ २०७७ । कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ जना पुगेको छ ।
कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं १, ३, ४ र ५ का क्रमशः २६, १९, ३०, ३६, ४०, १, २० र १७ वर्षका व्यक्तिहरूमा संकमण देखिएको हो । जसमा एकजना महिला, १ बालक र बाँकी सबै पुरूष रहेको जनाइएको छ ।
हाल उनीहरू सबै स्वाथ्यकर्मीको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।

SHARE THIS