दाङका दश स्थानीय तहका लागि चार अर्ब बढी बजेट प्राप्त

Province govts unveiling budgets totaling Rs 250 bn today ...
घोराही, १६ जेठ ।
दाङका दश स्थानीय सरकारले संघीय सरकारले चार अर्ब बढी बजेट प्राप्त भएको छ । संघीय सरकारले समानीकरण, सशर्त र समपुरक शिर्षकमा चार अर्ब ३८ करोड ७७ लाख बजेट प्राप्त गरेका हुन् ।

संघीय सरकारले घोराहीका लागि ९७ करोड ५१ लाख, तुलसीपुरका लागि ८९ करोड ७८ लाख र लमहीका लागि ४६ करोड ६२ लाख बजेट प्राप्त भएको हो । यस्तै राप्तीका लागि ३३ करोड १२ लाख, गढवाका लागि ३३ करोड ६७ लाख र राजपुरका लागि २७ करोड १५ लाख बजेट प्राप्त हुने भएको छ ।

नेपाल सरकारका अर्थमन्त्री डा। युबराज खतिवडाले हिजो सयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै दाङको बंगलाचुलीका लागि ३० करोड ४५ लाख, शान्तिनगरका लागि २८ करोड ९८ लाख, दंगीशरणका लागि २३ करोड र बबईका लागि २८ करोड ४९ लाख रुपैया ब्यबस्थापन गरिएको छ ।

संघीय सरकारको बजेट, आन्तरिक राजश्व, प्रदेश सरकारको प्राप्त बजेटका आधारमा स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि सभा मार्फत् बजेट ल्याउने संबैधानिक ब्यबस्था रहेको छ ।।  

SHARE THIS