चौरजहारी घटनाको विरोधमा सडकमा एक घण्टा अनसन

चौरजहारी घटनाको विरोधमा सडकमा एक घण्टा अनसन
शरद रेग्मी, तुलसीपुर
१६ – जेठ / दाङका विभिन्न दलित अधिकारका क्षेत्रमा क्रियासिल व्यक्ति तथा संस्थाहरुले रुकुम पश्चिममा भएको घटनाका दोषिलाई कार्वाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन । उनिहरुले दोषिलाई कडा भन्दा कडा कारवाहिको माग समेत गरेका छन् ।
बिहिबार विरोध ¥याली निकालेका उनीहरु दोस्रो दिन आज तुलसीपुरको विपि चोकमा एक घण्टा अनसन बसेर विरोध जनाएका छन । दलित नागरिक समाज दाङ, नेपाल दलित विद्यार्र्थी समाज दाङ लगायतका सस्थाहरुले उच्च स्तरीय छानविन समिति गठन, ज्यान मार्ने गरी अपराधिक घटना घटाउने व्यक्तिहरुलाई आजिवन कारवास सजायको माग गर्दै , ज्यान गुमाउने व्यक्तिहरुलाई सहिद घोषणा गर्न माग गरेका छन ।
उनीहरुले सडकबाट निरन्तर दबाब सृजना गर्ने र बेपत्ताको तत्काल खोजी गर्दै घाइतेको उपचार र निश्पक्ष छानविनको माग राखेर आन्दोलनको सुरुवात गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले जानकारी दिए । आजै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृहमन्त्रिको ध्याणाकर्षण बनाउने कार्यक्रम रहेको छ ।

SHARE THIS