सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने

सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने
News Paper - UrjaKhabar
काठमाडौं, जेष्ठ १५। सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने भएको छ । आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत प्रयोग गर्न दिने बताउनुभयो ।

त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने बजेट बक्तब्यमा उल्लेख गरिएको छ । यस्तै खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ । उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ ।

SHARE THIS