कोरोनालाई जितेर घर फर्किए ४३ सङ्क्रमित

कोरोनालाई जितेर घर फर्किए ४३ सङ्क्रमित
Coronavirus & COVID-19 Overview: Symptoms, Risks, Prevention ...
२०७७, १३ जेष्ठ मंगलवार
जनकपुरधाम । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ कोरोना सङ्क्रमित निको भएर साँझ घर फर्केका छन् ।
यस सम्बन्धमा प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक हरिशचन्द्र साहले सोमवार साँझ ४३ सङ्क्रमितको लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि सो अस्पतालले डिस्चार्ज गरेको बताएका छन् ।
डिस्चार्ज हुनेमा दुई सञ्चारकर्मी, दुई महिला छन् । सोमध्ये एक सर्लाहीका र अन्य ४२ पर्साका रहेको उनले जानकारी गराए ।
सोही अस्पतालबाट जेठ १० र ११ गते गरी दुई दिनमा २७ जना निको भएर घर फर्केका थिए ।
यो तीन दिनको अवधिमा ७० जना निको भएर घर फर्केपछि अब सो अस्पतालमा एक जना पनि सङ्क्रमित नरहेको बताइएको छ ।


SHARE THIS