सल्यानमा सोमबार बिहान ट्रेक्टर दुर्घटना हुदा एक घाइते

सल्यानमा ट्रेक्टर दुर्घटना हुँदा ...
सल्यान,१९ जेठ।सल्यानमा सोमबार बिहान ट्रेक्टर दुर्घटना भएको छ।जिल्ला सदरमुकाम देखि पुर्वमा पर्ने शारदा नगरपालीका १२ कागखोला देखि श्रीनगर तर्फ आउदै गरेको रा.१.त ३२५१ नम्बरको ट्रेक्टर दुर्घटना भएको हो।कागखोलाबाट दाउरा बोकेर आउदै गरेको उक्त ट्रेक्टर बिहान करीब ८ बजेतिर दुर्घटना भएको हो।ट्रेक्टर लोड भएको र रातभरी पानी परेको हुनाले बाटो चिप्लो हुदा गाडी  सडक बाट करिब ३० मीटर तल खोलामा खसेको हो।दुर्घटनामा परी घाइते भएका गाडी मालिक एवम् ड्राइभर सन्दीप चलाउने घाईते भएका छन । उक्त घाईतेलाई डाग्र्रीमा रहेको आधारभूत स्वास्थय सेवा केन्द्रमा सामान्य उपचार पछि घर पठाईएको सहकर्मी मनोज बाबु मनोहरले बताउनु भयो । हाल चालकको अवस्था सामान्य रहेको अहेब नरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

SHARE THIS