सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५
Nepal registers its first death from COVID-19
कैलाली जेष्ठ १२, २०७७ 
कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिवाट परिक्षण गरिएका  ६१ जना पोजेटिभमध्ये ५१ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भने, बाँकी ९ जनाको जाँच भइरहेको जनाइएको छ ।
आजसम्म आरडिटी विधिवाट २०७१७ जनामा परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्येबाट  २०६५६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्री ले जानकारी दिए ।
उनले यो प्रदेशमा कोभिड १९ का  संक्रमित  १५ जना पुगेको बताए । यस अघि नै पाँच जना निको भई घर गई सकेका छन् भने १० जना  बाँकी रहेको उनले बताए ।
संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । हिजो अछाम मेल्लेख गाउँपालिका बस्ने ३२ बर्षिय एक जना पुरुषमा कोभिड १९ पोजिटिभ पुस्टी भएपछि यो प्रदेशमा संक्रमितको संख्या १५ पुगेको उनले बताए ।
संक्रमितहरुको उपचार  सेती प्रादेशिक अस्पतालमा ५ , टिकापुर ३ , जिल्ला अस्पताल वैतडि १ र डडेल्धुरा अस्पताल १ गरी जम्मा १० जनाको उपचार भइरहेको उनले बताए ।
आजसम्म पिसिआर विधिवाट ४४२१ जनाको जाँच गरिएकामध्ये ४४०६ जनामा नेगेटिभ भएको उनले बताए ।
 ५५२ जनाको भने नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ का शंकास्पद १९ जनाको उपचार विभिन्न अस्पतालका आइसोलेसनमा भइरहेको जनाइएको छ ।
सेती प्रादेशिक अस्पतालमा ६, टिकापुर अस्पतालमा ३, अछाम ३ , बैतडी ४ , डोटी २ ,र डडेल्धुरा अस्पतालमा १ गरी १९ जना को उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

SHARE THIS