दाङमा आइतबार थप ९ जना कोरोना संक्रमित थपिए



Mountain Television nation's first popular and leading analytical ...

दाङ, १८ जेठ  दाङमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ४ पालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रतिष्ठानले जनाएको छ ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकरएक जना रहेको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभएको छ।
रक्षाचौर क्वारेन्टाइन तुलसीपुरबाट १०७ जनाको नमूना संकलन गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । तुलसीपुर उपमहानगरको वडा नम्बर ६ र ५ मा एक एक जना त्यस्तै वडा नम्बर १६ मा तीन जनामा कोरोना पुष्टि भएको रजिष्टार देवले बताउनुभयो ।
त्यसैगरी जनता सेकेन्डरी स्कुल गढवाबाट १२ जनाको नमूना संकलन गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु गढवा गाउँपालिकाको वडा नम्बर ६ र ७ का एक एक जना रहेका छन् । लमही नगरपालिका वडा नम्बर १ का एक जना रहेका छन् भने राप्ती गाउँपालिका वडा नम्बर ८ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै दाङमा संक्रमितको संख्या ३४ पुगेको छ । संक्रमित सबै केही दिनअघि मात्र भारतबाट आएको जनाइएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणमा बाँके, बर्दिया, कपिलवस्तु लगायतका गरी अहिलेसम्म १०६ जनामा कोरोना पुष्टि भएको छ भने अहिले सम्म २५ सय ६९ जनाको नमूना परिक्षण गरिएको छ ।

SHARE THIS