रुकुम काण्डका बिषयमा कांग्रेस नेता भण्डारीद्धारा प्रधानमन्त्री ओलीको ध्यानकृष्ट


गुल्मी, जेठ १६ ।   नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी सो पार्टीका अर्का नेता एलपी सावतले प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरि  हालै रुकुममा घटाईएको नरसंहार घटनाको ध्यानकृष्ट गराएका छन ।
 दुई नेताद्धयले रुकुम पश्चिममा दलित समुदाय माथी मल्ल परिवारले  घटाएको  बबर्तापुर्ण घटनाले कानुनी राज्यको धज्जी उडाइएको प्रति सरकार गम्भीर हुन  पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका   थिए ।
  नेता भण्डारी र  सावतले प्रधानमन्त्री ओली संगै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल समेतलाई भेट गरि नेपालको समसामयिक राजनीति , संविधान संशोधन, बिदेशबाट आउने युवाहरुको ब्यवस्थापनब, कोरोनाबाट जनतालाई बचाउने उपाय लगायतका बिषयमा गहन छलफल भएको भएको नेता चन्द्र भण्डारीका सहयोगीहरुले बताएका छन ।
  आफुहरुले  बुटवल शिद्धबाबाको पहिरोले सयौं मानिसहरुको ज्यान लिई सकेको र त्यसको बैकल्पिक मार्गका रुपमा सालझण्डि  पटौती , तम्घास वामी खज्र्याङ्घ सडक बिस्तार भई सकेको कैयौं स्थानमा पक्की पुलहरु पनि बनेको जानकारी दिदै प्रदेश ४ र ५ को सडक योजना आयोगले त्यसलाई द्रुत मार्गका रुपमा हटाएको प्रति प्रधानमन्त्री र अन्य नेता गणको ध्यानकृष्ट गराएका नेता चन्द्र भण्डारीले बताए । 

SHARE THIS