कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण

The death of the first detainee suspected of being infected with ...
सुर्खेत,१९ जेठ। कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

जुम्लाको हिमा गाउँपालिका वडा नं। १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं। २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं। ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ ।

योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

SHARE THIS