राष्ट्रिय जनता पार्टी राजपाले मधेशका मागलाई समेत सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न माग

RJPN undecided on participating in election - Nepali Headlines ...
काठमाण्डौ ११ जेष्ठ , राष्ट्रिय जनता पार्टी राजपाले मधेशका मागलाई समेत सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न माग गरेको छ।

मधेसका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाएकोले यसलाई अगाडि बढाउन संसदीय दलको बैठकले आग्रह गरेको तत्कालीन राजपाका प्रवक्ता केशव झाले बताए।
राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बने पनि निर्वाचन आयोगमा विधिवत दर्ता नभएकाले दुई पार्टीको संसदीय दल अलग अलग रहेको छ।
यसअघि पूर्व एमाले बाहेक सबैले संविधान संशोधनमा सहमति जनाएका थिए।

प्रधानमन्त्री ओलीले पनि संशोधन गर्न सकिने भनेर धेरै पटक भन्नुभएको छ’ झाले भने, ‘सरकारले ल्याएको संशोधन प्रस्ताव सँगै हाम्रा एजेण्डालाई पनि संसदमा लैजानका लागि पहल गर्ने निर्णय भएको छ।
त्यस्तै बैठकले सीमासम्बन्धी समस्यालाई कुटनीतिक तवरले समाधान गर्न समेत आग्रह गरेको छ।
सरकारले संविधानको अनुसूचीमा रहेको निसानछाप परिवर्तन गर्नका लागि आइतबार संविधान संशोधन प्रस्ताव संघीय संसदमा दर्ता गरेको छ।
राजपाले यो प्रस्तावसँगै मधेसका मागलाई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेको हो।
यस अघि २०७४ सालमा तत्कालीन सरकारले लगेको संविधान संशोधन प्रस्तावको विपक्षमा एमालेले मतदान गरेपछि दोश्रो संशोधन प्रस्ताव असफल भएको थियो।

२०७४ भदौ ५ गते संविधान संशोधनलाई तत्कालीन संसदमा निर्णयार्थ पेश गरिएको थियो।

SHARE THIS