बन्दाबन्दीमा पनि कुनै असर परेन कागती किसानलाई, माग अनुसार पु(याउन सकिएन ग्राहकलाई




गोकर्ण पौडेल  दाङ,जेठ १३ २०७७
          बन्दाबन्दीका कारण कति किसानलाई उत्पादन बिक्रि नभएर हैरान छ भने यहाँका एक किसानलाई उत्पादन वस्तु ग्राहकलाई पु(याउनै हम्मेहम्मे परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थानगाउँमा कागती खेती गर्नुभएका रामचन्द्रलाई बन्दाबन्दीमा कागती पु(याउनै समस्या परेको छ । रामचन्द्रले भन्नुभयो ‘ग्राहक घरसम्मै कागती किन्नका लागि आउनुहुन्छ तर कागती पु(याउन सकिरहेको छैन ’ । कति ग्राहकले त रस नभरिएका बतेलै कागती किनेर लैजानुहुन्छ ।

पाँच नम्बर प्रदेश सरकारले एक वर्ष अघि २२ जना किसानलाई कागतीको हागाबाट बोट तयार पार्ने९कलमी० तालिम समेत प्रदान गरेको थियो । सोहीमध्येका एक रामचन्द्र समेत हुनुहुन्थ्यो । रामचन्द्रले तालिम लिएका साथीहरुको सहयोगमा यसै वर्ष मात्रै एक लाख बिरुवा तयार पार्ने योजना रहेको छ ।
रामचन्द्रले २ वर्षअघि २३ कठ्ठा जग्गामा १८ सय कागतीका बिरुवा रोप्नुभएको थियो । १५ वर्षका लागि वार्षिक ५० हजारमा जग्गा लिजमा ल्याउनुभएका रामचन्द्रले हालसम्म २८ क्विन्टल कागती बिक्रि गरेको बताउनुभयो । हाल प्रति क्विन्टल १५ हजार रुपिया रहेको छ ।
एउटा बोटबाट वार्षिक एक हजार फल उत्पादन हुने रामचन्द्र खडकाले बताउनुभयो । रामचन्द्रले बोट बिरुवा हेरचाहका लागि सि सि क्यामरा समेत जडान गर्नुभएको छ । तारजाली, बिरुवा खरिदका लागि हालसम्म ८० लाख रकम खर्च भएको खडकाले बताउनुभयो । कागतीको फल मात्र बिक्रि नभई बिरुवा बनाई बिक्रि गर्ने र दाङ जिल्लामा एक घर एक कागतीको रुख पु¥याउने लक्ष्य राखिएको समेत खडकाले बताउनुभयो । कागती उत्पादन बढी भएको अवस्थामा अचार बनाएर बिक्रि गर्ने योजना समेत रामचन्द्रको रहेको छ ।
पूर्व जनमुक्ति सेना समेत रहेका खडका रोजगारीका लागि मलेसिया, भारत र अफगानिस्तानमा ६ वर्ष बिताइसक्नुभएको छ । २०५८देखि २०६२सालसम्म जनमुक्ति भई युद्ध लड्नुभएको थियो । ३३ वर्षिय रामचन्द्र खडका कागती खेतीलाई अध्ययन केन्द्रकारुपमा विकास गर्ने सोच समेत बनाउनुभएको छ । कागती खेतीका लागि विभिन्न निकायमा ऋण माग गर्दा समेत प्राप्त गर्न नसकेको खड्काले बताउनुभयो । गोरखापत्रबाट ।

SHARE THIS