घोराही १७ मा रहेको जलासयमा डुबेर आईतबार रोल्पाका एक व्यक्तिको मृत्यु

No description available.
हेमराज परिवर्तन,घोराही ११ जेठ ।
दाङमा कृतिम जलासयमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा माछा मार्नेक्रममा आईतबार दिउसो करिब एक बजेको समयमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढि गाउँपालीका वडा नम्बर ९ स्थायी घर भई हाल घोराही उपमहानगरपालीका १७ गुलरियामा डेरा गरी बस्दै आएका वर्ष २३ का विजय खत्री(जंगे) रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीसंगै गएका घोराही उपमहानगरपालीका १६ का एक जना र १७ का ८ जना गरी ९ जनालाई प्रहरीको अनुसन्धानका लागी पक्राउ गरेको छ ।

घटना घटेको केहि समयमा नै जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान प्रभु सुनारले मृतकलाई उद्धार गरेका हुन । सुनारले गत वर्ष सोहि जलासयमा डुबेका एक व्यक्तिको उद्धार गरेका थिए  । मृतकले घोराहीको एक रक्सी डिलरमा काम गर्दै आएका थिए । उनी लामो समय देखि घोराहीमा श्रीमती शरिता खत्री संग बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले मृतक केसीको शब निकालेर पोष्टमाटमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । मृतकका बुबा तिलक के.सी पश्चिम रुकुममा नेपाल प्रहरीका प्रहरी साहयक निरिक्षक (असई) पदमा कार्यरत रहेको जनाइएको छ । उनी घरको एक्लो छोरा रहेको मृतकका ठुलाबुबा घोराही कारागारमा कार्यरत प्रहरी नायब निरिक्षक मान बहादुर खत्रीले वताउनु भयो । उक्त जलासयमा अहिले सम्म डुबेर दुई जनाको ज्यान गईसकेको छ । घोराही उपमहानगरले कृषि सिचाईका लागी निर्माण गरेको जलासयको संरक्षणको अभाबले गर्दा यस्ता घटना बढ्दै गईरहेका छन ।
No description available.


SHARE THIS