दाङमा १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ बर्षका चौधरी पक्राउ

When rape becomes payment | Dhaka Tribune
दाङ,१६  जेठ । दाङमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

१० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

प्रहरीले चौधरीलाई बिहिबार पक्राउ गरेको हो । घटना जेठ १३ गते बेलुका भएपनि प्रहरीले ढिला खबर पाएको जनाएको छ । आरोपीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरले चलाउने छ ।

SHARE THIS