कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ४२ बिरामी

दाङ : कोरोना सङ्क्रमितलाई कोरोना ...
दाङ, १७ जेठ।
दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा ४२ जना बिरामी उपचारका लागि भर्ना भएका छन् । कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएका बिरामीहरु भर्ना भएका हुन् ।

हिजो मात्रै ८ जना डिस्चार्ज भएर घर गए पनि बेकुली पुनः ५ जना बिरामी थप भएको कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका सदस्य सचिब डा। शर्वेस शर्माले जानकारी दिनुुभएको छ ।

अस्पतालमा बंगलचुलीका ४ र बबईका १ जना गरी पाँच जना बिरामी थप भएका हुन् । योसंगै दाङका २२ जना, रुपन्देहीका ३, कपिलबस्तुका ३, बाँकेका ५, बर्दियाका ५ र पुर्बी रुकुमका ३ जना गरी ४२ जनाको अस्पतालमा उपचार भइरहेको डा। शर्माले जानकारी दिनुुभएको छ ।।

SHARE THIS