दाङमा रोकिराखेको स्काभेटरमा आगजनी

The Many Uses for an Excavator – May Heavy Equipment
दाङ ११ जेष्ठ , दाङमा रोकिराखेको   स्काभेटरमा आगजनी भएको छ। तुलसीपुरको   ग्वारखोला बाट नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएको एकाभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ।  शनिबार राति १२ बजेतिर ग्वारखोलाको माथिल्लो हलवार क्षेत्रमा राखिएको ‘अनटेष्ट’ स्काभेटरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसीपरका  प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले बताए। उपमहानगरपालिकाले उत्खनन खुल्ला गरेपछि टेण्डरबाट ठेक्का पाएको दुर्गा कन्ट्रक्सनको स्काभेटर रहेको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

SHARE THIS