उपचारमा सहयोग गर्न दिलमायाको अनुरोध

घोराही, २३ कार्तिक । बंगलाचुली गाउँपालिका ८ झिगा निबासी ३३ बर्षीया दिलमाया पुन मगरले औषधी उपचारमा सहयोग गर्न अपील गर्नुभएको छ । दुबै मृगौला फेल भएर भक्तपुरको मानब अंग प्रत्योरोपन अस्पतालमा उपचार गरीरहनुभएकी पुनले सहयोग गर्न सबैमा अपील गर्नुभएको हो ।

लामो समयदेखि औषधी उपचार गरेर ११ लाख रुपैया खर्च भएको भन्दै आर्थिक अभावमा उपचारमा समस्या भएको पुनले जानकारी दिनुभएको छ । हाल पुनले मृगौलाको डाइलासिस गरीरहेको जानकारी दिनुभएको छ । 

आर्थिक सहयोग गर्नेहरुका लागि दिलमाया पुन मगरको नाममा रहेको कृषि बिकास बैंक घोराही शाखाको ०९१९४०१५०९०९१०१४ मा रकम जम्मा गरिदिनका लागि अनुरोध गर्नुभएको छ । गएको माघदेखि मृगौलाको डाइलासिस गरीरहेको श्रीमान खिमानसिंह पुन मगरले जानकारी दिनुभएको छ । 

मृगौला प्रत्यारोपणका लागि १० लाख खर्च हुने भन्दै आर्थिक सहयोग गरीदिनका लागि श्रीमान खिमानसिंह पुनले सबैमा अनुरोध समेत गर्नुभएको छ । यस्तै प्रत्यक्ष आर्थिक सहयोग गर्नेहरुलाई ९८०९५५९९०८ मा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ । 

यसैबीच नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले ५ हजार आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरले दिलमायाका श्रीमान् खिमानसिंह पुन मगरलाई रकम हस्तान्तरण गर्नुभएको हो ।   


SHARE THIS