ह्वीयलचियरबाटै गर्बुजाको प्रस्तुती (फोटोफिचरसहित)

घोराही, ४ चैत्र । लोकगायक खड्ग गर्बुजाले पहिलो पटक दाङमा आफ्ना गीत प्रस्तुत गरेका छन् । उज्यालो नेपालले शनिबार तुलसीपुरमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा गायक गर्बुजाले आफ्ना गीतहरु प्रस्तुत गरेका हुन् । 

म्याग्दीमा जन्मेर हुर्केका गर्बुजाले आफ्ना एक दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए । तुलसीपुरको बिएस पार्टी प्यालेशमा भएको कार्यक्रममा सहभागी भएका गायक गर्बुजाले दाङ कलाक्षेत्रले महत्वपुर्ण जिल्ला रहेको औल्याएका थिए । ह्वीयलचीयरको सहरामा मञ्च उक्लेका गर्बुजाले आफुले बजारमा ल्याएका दुख, सुख, कथा, ब्यथाका गीतहरु प्रस्तुत गरेका थिए । 

यस्तै कार्यक्रममा गायिका तुलसा घर्ती मगर, बिमता घर्ती मगरले पनि गीतहरु प्रस्तुत गरेका थिए । उज्यालो नेपालका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद उत्तरकुमार वलीले कला, सस्कृतीभि रहेका विकृती हटाउन आबश्यक रहेको बताउनुभएको थियो । कला, सस्कृती देशको पहिचान भएको भन्दै सांसद वलीले त्यसका लागि सबै कलाकार, कला र साहित्यमा रुचि भएकाहरुले समयमै ध्यान आग्रह गर्नुसभएको थियो । 

त्यस अबसरमा अठार मगरात भाषा संरक्षण बिकास मञ्चका अध्यक्ष चन्द्रज्योति बुढा मगर, महासचिव दयाजी रोका मगर, नेपाल बौद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष राजबहादुर घर्ती मगर, नेपाल मगर संघका पुर्व केन्द्रीय सल्लाहकार बलीभद्र कुसारी मगर, बरिष्ठ कार्यक्रम उत्पादक शिवराज बस्नेतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष रामकुमार जिएमले गर्नुभएको थियो ।  




SHARE THIS